सही ट्रयाकमा हिँड्न खोजेकाले माधवहरुलाई सहयोग गरिरहेका छौँ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका वैचारिक नेता भनी चिनिने नेता केपी शर्मा ओलीसमक्ष आत्मसमर्पण गरेको आरोप लगाएका छन् । 

सोमबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा माओवादी अध्यक्ष एमालेमा वैचारिक नेता भनी चिनिने भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलागयतलाई लक्षित गरी सो आरोप लगाएका हुन् ।

संयोगवंश नेकपा एमालेका नेता घनश्याम भुसालले जबजबारे बहस र छलफल गर्न माग गरेको भोलिपल्ट अध्यक्ष दाहालबाट यस्तो भनाइ आएको हो ।आइतबार बसेको एमाले कमिटी बैठकमा नेता भुसालले जबज औचित्यहीन भएकाले बहस चालउन माग गरेका थिए ।

अध्यक्ष दाहालले माधव नेपाल र झलनाथ खनाल ठीक ट्र्याकमा हिँड्न जमर्को गरेकाले आफूले सहयोग गरिरहेको बताउँदै आफूहरुले गरेको ‘मेहनतको फल’ लागेको बताएका छन् । के

‘हामीले धेरै मेहनत पनि गर्यौं । हुन त मेहनतको फल लाग्या पनि छ । अहिले झलनाथ, माधव जस्ता पुराना पिंढीका साथीहरु ठिकै ट्र्याकमा अगाडि बढ्न जमर्को गरिरहनुभएको छ । हामीले पनि ठूलो सहयोग गरेका छौँ ।’

एमालेको स्थायी कमिटी बैठक सोमबार पनि बस्ने कार्यतालिका छ । नेकपा एमालेका नेताहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सबै लागेको बताइरहेका बेला भुसालले जबजबारे बहस चलाउन माग गर्नु र प्रचण्डले एमालेका वैचारिक नेताले ओलीसमक्ष आत्मसमर्पण गरेको आरोप लगाउनुलाई महत्वका साथ हेरिएको छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.