काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमसीसीबारेमा छलफल गरेर समयको बर्बाद भएको बताएका छन ।
उनका अनुसार जति छलफल गरेपनि छलफल सहमतीजनक सफल हुन सक्दैन ।
आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएलगतै संञ्चारकर्मीहरुसँगको कुराकनीमा एमसीसीको कुरा कहिल्यै सफल नहुने बताएका छन ।
उनले भने,‘ एकपक्ष एमसीसीको पक्षमा छन भने हामी सार्वभौमिकता जोगाउनका लागि जुटेका छौँ ।’
उनका अनुसार गठबन्धन बन्ने र भत्किने कुरा ठूलो होइन । आवश्यक परेमा सडक तताउनुमात्र नभएर बाल्न पनि पछि हट्नु हुँदैन् ।