एमसीसीविरुद्धको आन्दोलनका गम्भीर घाइतेको पहिचान खुल्यो

काठमाडौं । बिहीबार दिउँसो एमसीसीविरुद्धको आन्दोलनका क्रममा बानेश्वरमा गम्भीर घाइते आन्दोलनकारीको पहिचान खुलेको छ । 

बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा भएको झडपमा उनी घाइते भएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते भएपछि तत्कालै एभरेष्ट अस्पताल पुर्‍याइए पनि त्यहाँबाट उनलाई अन्नपूर्ण न्युरो पठाइएको थियो । 

घाइते हेमराज अवस्थी डडेल्धुराका माओवादी केन्द्रका कार्यकर्ता रहेको जनाइएको छ । टीकाथलीमा बस्दै आएका उनी डडेलधुरा नवदुर्गा ५ का स्थायी वासिन्दा हुन् । अवस्थीका बुवा वडा सचिव रहेको जनाइएको छ । 

माओवादी केन्द्रका सुदूरपश्चिमका इन्चार्ज खगराज भट्टका अनुसार उनको अहिले अप्रेसनको तयारी भइरहेको छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.