पुस ५ यता नेकपा एमालेमा प्रवेश गर्नेहरूको संख्या अधिक छ : ईश्वार पोखरेल

काठमाडौं । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले विधान महाधिवेशनमा पेश गर्न तयार संगठनात्मक प्रतिवेदन मस्यौदामा पार्टी सदस्यता लिने संख्या दोब्बरभन्दा धेरैले बढेको उल्लेख गरेका छन् ।

पोखरेलद्वारा तयार पारिएको सो प्रतिवेदनमा २०७७ पुस ५ यता नेकपा एमालेमा प्रवेश गर्नेहरुको संख्या अधिक रहेको बताएका छन् ।  ‘नेकपा एमालेले पार्टी सदस्यता लिने संख्या ६ लाख हाराहारी पुगेको जनाएको छ,’ प्रतिवेदनमा भनिएको छ।’ उनले तयार पारेको प्रतिवेदन मस्यौतामा पार्टी सदस्यता लिने संख्या दोब्बरभन्दा धेरैले बढेको उल्लेख छ ।

‘२०७७ पुस ५ पछिको अवस्थामा पार्टीमा युवाहरुको आकर्षण बढेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस बीचका अनेक किसिमका राजनीतिक र संगठनात्मक उचारचढाव र प्रतिकूलताका बीचमा नयाँ सदस्यता प्रदान गर्ने र सदस्यता नवीकरण गर्ने काम अघि बढाइएको छ ।’

गत ८ भदौको स्थायी कमिटी र १० भदौको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको दश बुँदे सहमतिअनुसार भने पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारमा गर्ने भनिएको छ । तर संगठनात्मक प्रतिवेदनले भने ५ पुस यता ठूलो संख्यामा सदस्यता लिने संख्या बढेको उल्लेख गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.