एमसीसीको विरुद्धमा बानेश्वर आज पनि उस्तै (फोटोफिचर)

काठमाडौं । एमसीसीको विरुद्धमा जारी प्रदर्शन शुक्रवार पनि बानेश्वरमा उस्तै छ । माईतीघर मण्डला र तीनकुने क्षेत्रबाट बानेश्वरतिर अगाडी बढेको भिडले एमसीसीको विरुद्धमा नाराबाजी गरेको छ । 

माओवादी केन्द्रका कार्यकर्ताहरुले सरकारको विरुद्धमा पनि नाराबाजी गरेको छ । यस्तै नेकपा एकीकृत समाजवादीका कार्यकताहरुले पनि सरकार विरुद्ध नाराबाजी गरेको छ । सरकारमै रहेको दलहरुले नाराबाजी गर्न थालेपछि अन्य विभिन्न राजनीतीक दलहरुले पनि नाराबाजी गरेको छ ।

साना ठूला गरि ३६ वटा राजनीतिक दलले आज बानेश्वरमा प्रदर्शन गरेको छ । पुरानो बानेश्वर क्षेत्रबाट पनि प्रदर्शनकारीहरु बानेश्वर खानेपानी ट्यांकसम्म प्रदर्शन गर्दै आईपुगेका छन् । एमसीसीको विरुद्धमा अभियान चलाउने, नाराबाजी गर्ने र प्रदर्शन क्रम निरन्तर चल्दै आएको छ ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.