मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ : प्रधानमन्त्री देउवा

 

 

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताएका छन्।सोमबार प्रतिनिधिसभा बैठकमा भाग लिएर बाहिरएका देउवाले पत्रकारहरुसँग बोल्दै मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताए। देउवाले सत्ता गठबन्धमा सामेल रहेका शिर्ष नेताहरुसंग मन्त्रीका लागि नाम सिफारिस गर्न माग गरेपनि अहिलेसम्म नाम दिन नसकेको बताए।

त्यस्तै, राष्ट्रिय जनता पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेजपछि मात्रै मन्त्रिमण्डलले बिस्तार पाउने बताए। अध्यक्ष यादवले दल विभाजनसम्बन्धी अध्यादेशले अस्थिरता निम्त्याउन सक्ने भएकाले उक्त विधेयक निस्कृय हुनुपर्ने बताएका छन् ।अध्यक्ष यादवले भागबन्डाबारे पनि छलफल बाँकीनै रहेको र कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे छलफल बाँकीनै रहेको बताए। यता नेकपा एकीकृत समाजवादी पार्टीले  पनि राजीनतिक दल सम्बन्धी अध्यादेश पारित गर्न जोड दिंदै आएको छ । 

गत असार २९ मा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले कांग्रेस र माओवादीबाट दुई दुई मन्त्री र एक राज्यमन्त्री मात्र बनाएका छन् । हालसम्म प्रधानमत्री देउवाले १७ मन्त्रालय आफूमातहतमा राखेका छन्। सत्ता गठबन्धनमा देखिएको झमेलाका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाई देखिएको छ ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.