काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुबीच बालकोटमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता अघि दोस्रो तहका नेताहरु अहिले छलफलमा जुटेका हुन् ।
वार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल भईरहेको छ ।
बिहीबार र शुक्रबार लगातार लामो छलफल गरेका दुई पार्टीबीचको आजको वार्तालाई अर्थपूर्ण मानिएको छ ।
काँग्रेसकाे तर्फबाट प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा लगायतका नेता बालकोट वार्तामा सहभागी छन् ।
एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल पनि वार्तामा सहभागी छन् ।