इटहरी । कोरोना महामारीका कारण महिनौँसम्म होटल व्यवसाय बन्द हुँदा ठूलो क्षति भएको छ । महामारीका कारण होटल व्यवसाय बन्द हुँदा कतिपय होटल सदाका लागि नै बन्द भए पनि केही होटल व्यसाय भने बिस्तारै सञ्चालनमा आउन थालेका छन् । यसैबीचमा धरानको फ्रेन्ड्स गार्डेन होटल पनि सन्चालनमा आएको छ ।
पहिलो चरणको लकडाउनका कारण थला परेको होटल खुले पनि दोस्रो चरणको लकडाउनका कारण ४-५ महिनादेखि पुर्ण बन्द रहेको होटल फ्रेन्ड्स गार्डेनलाई पुनः संचालनमा आएको हो ।
फ्रेन्डस गार्डेनमा पारिवारिक वातावरणमा स्वच्छ र ताजा खाना, खाजालगायतका फक–फरक स्वादहरु लिन सकिने होटलका संचालक शारदा लिम्बुले बताइन् । होटलमा साँगीतिक कार्यक्रमहरु पनि हुने बताइएको छ ।
विभिन्न ब्याण्ड तथा गायकहरुको लाईभ प्रस्तुतिले आगन्तुक ग्राहकहरुलाई मनोरञ्जन प्रदान समेत गरिने संचालक लिम्बुले बताइन् । फ्रेन्ड्स गार्डेन धरानको पुतलिलाईनमा बिगत ४ बर्षदेखि निरन्तर संचालनमा रहेको छ ।