सप्तरी । अधिवक्ता सुजित कुमार पोखरेल नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको केन्द्रिय उप–महासचिव पदमा निर्वाचित भएको छ ।
संगठनको दोस्रो राष्ट्रिय अधिवेशनले पोखरेललाई संगठनको उपमहासचिव तथा मधेश प्रदेश प्रमुखमा निर्वाचित गरेको हो।
प्रगतिशील कानुन व्यवसायीहरुलाई संगठित गरि पेशागत हकहित र मर्यादाको संरक्षण गर्ने अभिभाराका साथ संगठन अघि बढेकोछ ।
संगठनलाई सुदृढ र विस्तार गर्न पाएको जिम्मेवारी इमानदारी पुर्वक निर्वाह गर्ने पोखरेलले बताएका छन् ।