काठमाडौं । सोमबार काठमाडौंमा एक समुहले गाँजालाई वैधानिकता प्रदान गर्न भन्दै प्रदर्शन गरेका छन् ।
गाँजालाई वैधानीकता प्रदान गरेमा देशको अर्थतन्त्रमा समेत सहयोग गर्ने प्रदर्शनकारीको भनाई छ । उनीहरुको प्लेकार्डमा लेखिएको नारा थियो , 'गाँजावादी एक हौं' साथै 'देश गाँजा खानेले होइन, नखानेले बिगारेको हो', 'गाँजा भनेको गाँजा हो आधा नेपालीको खाजा हो' ।
प्रदर्शनकारीले प्रदर्शनसँगै दुई साताअघि गाँजा राखेको आरोपमा प्रहरीले पक्राउ गरेका राजीव काफ्लेको रिहाइको माग समेत गरेका छन् ।