काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभानसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद बिस्तार हुने बताएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा संञ्चारकर्मीसंग करा गर्दै यादवले दलसम्बन्धी अध्यादेश खारेज भएपछि मात्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन् ।
अध्यक्ष यादवले दल विभावन सम्बन्धी अध्यादेशले विकृति फैलाउने सक्ने भएकाले उक्त अध्यादेश खारेजी गरिनुपर्ने बताए ।यादवले मन्त्रालय बाँडफाँडमा पनि अझै सहमति जुटन नसकेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउबाले शपथ लिएको ६९ दिन भइसक्दासम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्रीले हालसम्म मन्त्री , राज्यमन्त्री गरी पाँच जनालाई मात्र मन्त्रालको जिम्मेवारी दिएका छन् ।