काठमाडाैं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफुहरुलाई निमिट्यान्न पार्न खोज्ने सबै षड्यन्त्र एक मिनेटमा चुट्की बजाएर समाप्त पारेको बताएका छन् ।
संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
‘हामीलाई निमिट्यान्न पार्न खोज्ने सबै दुई हप्तादेखिका षड्यन्त्रहरू एक मिनेटमा चुट्की बजाएर समाप्त भएको छ । फागुन १ को षड्यन्त्र त्यस्तै थियो । फागुन १ गते पुरै हामीलाई त्यही दिन हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षड्यन्त्र भइसकेको थियो’, मंगलबारको पत्रकार सम्मेलनमा नेपालले भने, ‘हामीलाई थाहा हुँदैन बालकोटमा के–के षड्यन्त्र भइरहेको छ ? थाहा पाइराख्नु पर्यो त्यहाँ । घरको वरिपरि अझै हेर्नुपर्यो । सूचना हामीकहाँ पठाउने छन् कि ।’