काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको सत्ता गठबन्धनको बैठकले वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने निर्णय गरेको छ ।
बैठकमा सत्ताधारी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो ।