काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट आफूहरु चोइटिएर केपी ओलीलाई हाइसन्चो भएको बताएका छन् । नेपालले आइसन्चो भएका केपी ओलीलाई किन संसदमा नारा लगाउनुप¥यो भन्दै प्रश्न गरे ।
आज काठमाडौंमा पेशागत महासंघले नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई संम्बोधन गर्दै अध्यक्ष नेपालले पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनु परेको भन्दै ओलीलाई कटाक्ष गरेका छन् ।
उनले प्रदेश नं. १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्।उनले प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेताहरुलाई धन्यवाद समेत व्यक्त गरे। आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उनले आग्रह गरे।
उनले भने, ‘एक र तीन नम्बर प्रदेश ९बागमतीमा छिट्टै अब हामा्रे नेतृत्वमा सरकार बन्न गइरहेको छ। तपाईहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहान्छु।’
अध्यक्ष नेपालले सर्वोच्च अदालतमचा विचारधिन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि सर्वोच्च अदालतमा विचाराधिन विषयमा संसदमा कुरा उठाउन नपाइने भएपनि एमाले सांसदहरु अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उउफ्रिनुको कुुनै औचित्य नरहेको उल्लेख गरेका छन् ।