काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकमा नयाँ प्रस्ताव टेबुल भएको छ । एमालेले महाधिवेशनमा सबै पदाधिकारी निर्वाचित हुनुपर्ने प्रस्ताव टेबुल गरेको हो । यस अघि एमालेले अध्यक्ष मात्रै निर्वाचित गर्ने प्रस्ताव पेश गरेको थियो ।
बाँकी सबै पदाधिकारी मनोनयन गर्ने व्यवस्था सहितको प्रस्ताबलाई फिर्ता गर्दै सबै पदाधिकारी निर्वाचित गर्ने वारेमा सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले प्रतिवेदन पेश गर्ने निर्णय गरेको हो ।
एमालेको पहिलो विधान सभा नजिकिदैं गर्र्दा एमालेले विधान सभामा के–के विषयलाई पेश गर्ने वारे छलफल चलाईरहेको छ । विशेषतः नवौं महाधिवेशनकै निरन्तरतामा विधान सभा अघि बढ्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
नवौं महाधिवेशनबाटै संघीयताको मूल मर्मलाई पछ्याएर हिडेँको एमालेले संघीयतालाई पूर्ण कार्यन्वयन गर्ने गरि विधान सधामा प्रतिवेदन पेश गर्ने तयारी समेत गरेको छ । अध्यक्ष मात्रै निर्वाचित गर्ने विषयमा स्थायी कमिटीमै फरक मत आएपछि पदाधिकारी सबै निर्वाचित गनुपर्ने प्रस्ताव अघि सारेको हो ।
यस्तै एमालेले ७ जना उपाध्यक्षबाट तीन जनामा सिमित गर्ने निर्णय पनि गरेको छ । पद धेरै हुदाँ जिम्मेवारी कम हुने र पूर्ण कार्यन्वयन नहुँने भन्दै एमालेले अबको विधान सभामा तीन जना मात्रै उपाध्यक्ष रहने व्यवस्था गर्न लागेको हो ।