हार्डवयर पसलमा आगलागी

तनहुँ । जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवयर पसलको गोदाममा भिषण आगलागी भएको छ ।  व्यास नगरपालिका–४ स्थित मुख्यचोक भूपाल हार्डवयरमा भिषण आगलागी भएको हो । 

हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो । प्रहरी र स्थगानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन् ।

आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.