माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित 

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आइतबार दिउँसो २ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको हाे। 

आज बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि स्थान नै परिवर्तन गरेर तय गरिएकाे  बैठक  फेरि सोमबारसम्मका लागि स्थगित भएको छ। 

 सोमबार बिहान ११ बजे अर्को बैठक बस्ने तय भएको  छ । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.