सप्तरी । छिन्नमस्ता गाउँपालिका-४ लालापट्टिको दंगलमा आयोजित तीन दिने कुस्ती प्रतियोगिता शनिवार सम्पन्न भएको छ। लाखेश्वरनाथ मन्दिरको आयोजनामा आयोजित कुस्ती प्रतियोगितामा नेपाल र भारतका पहलमाहरूको सहभागिता थियो।
प्रतियोगितामा सहभागी हुन पहलमानहरूलाई पैसा दिएर बोलाइन्छ ।
स्थानीय विद्यानन्द चौधरी बिबेकका अनुसार बर्षौदेखि चलिआएको परम्परालाई निरन्तरता दिन र मनोरञ्जनका लागि प्रत्येक वर्ष शिवरात्रीको दिनदेखि तीन दिनसम्म कुस्ती प्रयोगिताको आयोजना हुन्छ ।