काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठकमा ९७ जना सदस्यहरु प्रस्ताव गरेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा नाम अनुमोदनका लागि प्रस्ताव गरेका हुन् ।
जसअन्तर्गत प्रचण्डले खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाम पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।