काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा नाम अनुमोदनका लागि प्रस्ताव गरेका छन् ।
थपिएका केन्द्रीय सदस्यमा अध्यक्ष दाहालकी छोरी गंगा पनि छिन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।