काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय कमिटीको बैठक डाकिएको छ । अहिले ११ बजेबाट राजधानीमा शुरुहुन लागेको बैठकले समसामयिक विषयमाथी छलफल गर्ने बताइएको छ ।
आज र भोली चल्ने बैठकमा राजनीतिक अवस्था र निर्वाचनकोतयारी वारे पनि छलफल हुने पालिटब्युरोसदस्य राजेन्द्र लोहनीले बताएका छन् ।
संसदबाट एमसीसी पारित भइसकेपछिको परिस्थिति र सत्तागठबन्धनबारे पनि बैठकले छलफल गर्ने जनाएको छ । ११ बजेृृ बस्न लागेको बैठककको लागि २४ गते नै सबै केन्द्रीय सदस्यलाई काठमाडौं बोलाइएको थियो ।
नेपाली कांग्रेसले नेकपा एस र माओवादी केन्द्र सत्ता गठबन्धनबाट छुटोस् भन्ने चाहन्छ । त्यसैले कांग्रेसका नेताहरुले नेकपा एस र माओवादी केन्द्रले कांग्रेसको ओत मात्रै खोजेको भन्दै आरोप लगाउने गरेका छन् ।