एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु( फोटो फिचर सहित)

काठमाडौं । एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ । 

प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिए । प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) अनुमोदनको बिषयमा पनि छलफल हुनेछ ।275179263_307948121321647_5147547584324098142_n.jpg275198949_1010726489542121_1219224079885974556_n.jpg275151794_535630381159736_805675584610518464_n.jpg275179263_307948121321647_5147547584324098142_n.jpg275580422_650967112803310_6237347259585713550_n.jpg 275178542_650792469360950_5581003639015358501_n.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.