साँफेबगरमा १ हजार ३८३ परिवारलाई गरिब परिचयपत्र

फागुन ।  साँफेबगर नगरपालिकामा १ हजार ३ सय ८६ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएको छ ।  मेयर कुलबहादुर कुँवरका अनुसार १४ वटै वडाका मा गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको हो  । 

अति गरिब (रातो कार्ड) ५ सय ८३, गरिब ९पहेँलो कार्ड० ४ सय ३८ र सामान्य गरिब (निलो कार्ड) २ सय ६२ परिवार छन् । साँफेबगर-१४ पातलकोटमा २ सय गरिब परिवार छन् भने सबैभन्दा कम वैजनाथ र भाग्यश्वरमा २५-२५ परिवार छन् ।

गरिबको सूचीमा रहेका परिवार नगरपालिकाबाट प्रवाह गरिने सेवामा पहिलो प्राथमिकतामा दिइने कुँवरको भनाइ छ । उनले परिचयपत्र पाएका परिवारभित्रका जेहेन्दार विद्यार्थीलाई लक्षित गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराइने पनि जानकारी दिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.