कृषि र साना उद्यममा लक्ष्मी लघुवित्त बेल्डाँडीको ८ करोड कर्जा प्रवाह

कञ्चनपुर ।  लक्ष्मी लघुवित्त वित्तिय संस्था कञ्चनपुरस्थित बेल्डाँडी शाखाले चार वर्षमा ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । लघुवित्तले १०६ वटा केन्द्रमार्फत कृषि र साना उद्यममा ८ करोड ७ लाख ९२ हजार कर्जा लगानी गरेको  हो ।

लक्ष्मी लघुवित्त बेल्डाँडी शाखा प्रमुख भरत गिरीका अनुसार संस्थाले केन्द्रमार्फत २ करोड ४४ लाख ८२ हजार ३ सय २५ रुपैयाँ निक्षेप संकलन गरेको छ । शाखामा १४ सय ७७ जना सदस्य आवद्ध छन् ।

१० माघ ०७४ मा शाखा स्थापना भएको थियो । त्यसयता विना धितो कार्यक्रम अन्तर्गत ७ सय २६ जनाले ऋण लिएका हुन् ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था बेल्डाँडीको दोस्रो वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम बिहीबार सम्पन्न भएको छ । ३१ नम्बर केन्द्र प्रमुख ईश्वरीदेवी भट्टको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय कार्यालय तथा आन्तरिक लेखा परीक्षण विभागका सहायक प्रबन्धक हरिकृष्ण भट्ट प्रमुख अतिथि थिए ।

सहायक प्रबन्धक भट्टले संस्थाबाट लिएको ऋणको सही ठाउँमा प्रयोग गर्न आग्रह गरे । 

प्रगति विवरण अनुसार १ सय ५६ जनालाई संस्थामार्फत सुत्केरी सुविधा प्रदान गरिएको छ । पाँच जनाले बिमा क्षतिपूर्ति प्राप्त गरेका छन् भने तीन जनाले काजकिरियाबाफत रकम भुक्तानी लिएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी कनिष्ट सहायक रत्नाकला खत्रीले राखेकी थिइन् भने सञ्चालन सहायक जितेन्द्रप्रसाद जैशीले गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.