सर्‍यो, माओवादीनिकट अनेरास्ववियू क्रान्तिकारीको सम्मेलन

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन सरेको छ ।

असोज ९, ९ र १० मा हुने भनिएको सम्मेलन तयारी नपुगेको भन्दै एक साता पर सरेको हो । अब सम्मेलन असोज १४, १५ र १६ गते हुने भएको छ ।

क्रान्तिकारीका जिल्ला सम्मेलन अहिले धमाधम सम्पन्न हुँदैछन् । नेकपा एकतापछि अखिल पनि एकीकृत भएकाले यसबीचमा सम्मेलन हुन सकेको थिएन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.