काठमाडौं । आगामी अक्टोबरमा पाकिस्तान हुन लागेको क्रिकेट सिरिजका लागि इंग्ल्यान्ड जाने वा नजाने भएको छ ।
इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले महिला तथा पुरुष टिमले पाकिस्तान भ्रमण नगर्ने जनाएका छन् ।
पाकिस्तान र इंग्ल्यान्डबीच अगामी अस्टोबर १३ र १४ मा टी–२० सिरिज र त्यसपछि एकदिवसीय सिरिज हुने तय भएका थिए ।
इंग्ल्यान्डले पाकिस्तानको भ्रमणको विषयमा चिन्ता व्यक्त भएकाले भ्रमण स्थगित गरेको जनाएको छ ।
यसअघि न्युजिल्यान्डले पाकिस्तान पुगेर पनि सिरिज नखेली स्वदेश फर्किएका थिए । न्युजिल्यान्डले सुरक्षाका कारण पाकिस्तानसँग सिरिज नखेली स्वदेश फर्कने निर्णय गरेका थिए ।
इंग्ल्यान्डले भने सुरक्षाको विषयमा स्पष्ट रुपमा केही भनेको छैन ।
सुरक्षाको विषयमा केही नभने पनि इंग्ल्यान्डले न्युजिल्यान्डले सिरिज नखेल्ने निर्णय गरेको दुई दिनपछि पाकिस्तान भ्रमणमा नजाने बताएको हो ।