नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशन सुरु

काठमाण्डौँ । नेपाल निजामती कर्मचारी संगठनको ११औं राष्ट्रिय अधिवेशन (काठमाण्डौँ) मा सुरु भएको छ । एमाले निकट निजामति कर्मचारी संगठनको महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले समारोहको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा ओलीले आफूहरु कांग्रेसले जस्तो अर्को पार्टीको सरकार हुँदा कर्मचारीलाई सहयोग नगर भनेर चरित्रको नभएको बताए ।

कांग्रेसका नेताहरुले खुलेआम सरकारलाई सहयोग नगर्न कर्मचारीलाई निर्देशन दिएको ओलीले दावी गरे।

ओलीले पेशागत माग राख्नेबाहेक अरु कुरामा कर्मचारी सरकारको विपक्षमा जान नहुने बताए ।अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई पूरै समर्थन र साथ दिएर काम गर्न निजामति कर्मचारीलाई आग्रह गरेका छन् ।
274618661_494560252113555_2299947053478186608_n.jpg275293893_635095041252221_8115343311837113663_n.jpg274751636_1467657510296060_8225833595309318693_n.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.