‘मेरी प्रियसी’ बोलको गीत सार्वजनिक

काठमाडौं । संगीतकार शम्भुजीत बासकोटाको शब्द तथा संगीतमा ‘मेरी प्रियसी‘’ शीर्षकको गीत काठमाडौंमा सार्वजनिक भएको छ घ । भिडियोमा अभिनेता दिवस उप्रेती तथा अभिनेत्री बेनिशा हमालको अभिनय रहेको छ भने भिडियोमा गायक पाण्डे पनि प्रस्तुत भएका छन् ।

गायक किशोर पाण्डेको स्वरमा रेकर्ड भएको उक्त गीतको भिडियोलाई संगीतकार बासकोटाले नै निर्देशन गरेका छन् । उक्त गीतको भिडियो शम्भुजीत सेभेन नोट्स युट्युब च्यानलबाट रिलिज गरिएको छ ।

समारोहमा गायक पाण्डेले स्कुले जीवनदेखि नै गीत गाउने शौख भए पनि व्यवसायबाट अवकास लिँदै गरेको अहिलेको अबस्थामा बल्ल आफु गायनमा लागेको बताए ।

संगीतकार बासकोटाले पाण्डेको स्वरमा मिठास भएकै कारण्ढा पर्यटन व्यवसायबाट फुर्सद निकालेर उनलाई गायनमा ल्याएको बताए । किशोर पाण्डे नेपालका कुशल पर्यटन व्यवसायी हुन् । उनी होटल, पर्यटन, अटोमोवाईल व्यवसायमा स्थापित छन् ।

 

भिडियोः–

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.