माओवादीको अवैध सम्पत्ति वैद्य बनाउने गरी बजेट प्रतिस्थापन विधेयक ल्याइयो:बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले सरकारले माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याएको बताएका छन् । 

पोखरामा मंगलबार भएको एक कार्यक्रमलाई संबोधनका क्रममा नेता बाँस्कोटाले सो बताएका हुन् । ‘केही क्षेत्रमा लगानी गर्दा स्रोत देखाउन नपर्ने भनिएको छ । यस्को तात्पर्य सीधा छ । सत्ताका गठबन्धनको कसैको अवैध पैसा छ । त्यो कालोधनलाई सेतो बनाउनुपर्‍यो,’ उनले भने, ‘हामीले प्रश्न उठाउनुपर्ने भयो कि हिजो बैंक लुटेको पैसा कहाँ छ ?’

सबैसँग चन्दा बटुलेर अकुत सम्पत्ति कमाएको बतउँदै उनले माओवादीले विगतमा किसानसित, कुखुरा र भैँसी व्यापारी माष्टरको तलबबाट उठाएको चन्दा उठाएको बताए । 

बास्कोटाले भने, ‘आज माओवादीको अर्थमन्त्री हुँदा यो अवैध सम्पत्तिको स्रोत देखाउनु नपर्ने ? केही मान्छेले अवैध ढंगले कमाएको अकुत सम्पत्तिलाई वैधानिकीकरण गर्न विधेयकको प्रतिस्थापन विधेयक ल्याएर सुशासन आउँछ ?’

© 2021 Quicknepal.com  |  All Rights Reserved.