क्रान्तिकारी पार्टीको बैठकमा सहभागी हुन पाउँदा खुसी छु : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर बनेको क्रान्तिकारी पार्टीको प्रथम बैठकमा सहभागी हुन पाउँदा खुसी लागेको बताएका छन् । 

एकीकृत समाजवादी पार्टीको प्रथम पटक बस्न लागेको केन्द्रीय कमिटी बैठमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै सो कुरा बताएका हुन् । 

‘खुसी नै लागेको छ,’ पहिलो पटक बस्न लागेको बैठकअघि नेपालले भने, ‘किनभने विद्रोह गरेर एउटा दक्षिणपन्थी भासमा भासिएको, कम्युनिष्ट, क्रान्तिकारी चरित्र गुमाएको, जबजको मान्यतालाई कुठराघात गरेको ठाउँबाट मुक्त भएर क्रान्तिकारी धार बोकेको नयाँ पार्टीको केन्द्रीय कमिटीमा उपस्थित हुन पाउँदा खुसी लागेको छ ।’

उनले देशभरी नयाँ पार्टीको पक्षमा तरंग पैदा गरेको र युवाहरू आकर्षित भएको बताए । दुई दिनसम्म चल्ने नेकपा (एस) को केन्द्रीय कमिटी बैठकले संगठनात्मक कार्यविभाजन सम्बन्धमा महत्वूर्ण निर्णय लिने बताइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.