बेन्जेमा र भिनिसिअसको गोलमा रियलको जित

काठमाडौं ।  करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलको सहयोगमा रियल मड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० अन्तरले पराजित गरेको छ । जितसंगै रियलले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । जितसंगै रियलले २८ खेलबाट ६६ अंक जोडेको छ । दोस्रो स्थानको सेभियाको समान खेलबाट ५६ अंक छ ।

पराजित मालोर्का २६ अंक सहित १६ औं स्थानमा छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.