भरुवा बन्दुकसहित सिन्धुलीबाट दुई जना पक्राउ

सिन्धुली ।  सिन्धुलीको कमलामाई नगरपालिका–१२ लुडेडाँडाबाट बुधबार राति दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय पूर्णबहादुर राना र ५० वर्षीय लालबहादुर ब्लोन रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पूर्णबहादुरको घरबाट एक थान खाली भरुवा बन्दुक र लालबहादुरको घरबाट एक थान लोड गरेको भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.