काठमाडौं । सरकारको चाँडै मन्त्रिपरिषद विस्तार गर्ने योजना तत्काल पूरा नहुने भएको छ । माधव नेपाललाई पनि समेटेर मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेको सरकार सर्वोच्च अदालतका कारण केही दिन पछि सरेको हो ।
सत्ता गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा दायर रिट निवेदनका सम्बन्धमा अदालतको आदेश आएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको थियो । तर, मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेशबारे कुनै निर्णय सुनाएन । बरु, ओलीको रिटमाथि सुनुवाइ गर्दै निर्वाचन आयोगबाट ‘सक्कल फाइल झिकाउन आदेश दिएको छ ।
मंगलबार अदालतको आदेश नआएपछि मन्त्रिपरिषद विस्तार कार्य लम्बिएको हो ।