बुद्धको स्वरमा ‘चन्चली’ गीत सावजनिक (भिडियो)

काठमाडौं ।  पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा एकपछि अर्को गर्दै धेरै गीतहरुमा स्वर दिइरहेका छन् । उनै, बुद्धको स्वरमा समावेश ‘चन्चली’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । अविनाश राइको शब्द, संगीत रहेको यो गीतको भिडियोमा आनन सिंह र कुसुम गुरुङको अभिनय रहेको छ ।

अनुप चापागाँइले निर्देशन  गरेको यो भिडियोमा विकास दाहालको सम्पादन, बुद्द थापाको छायांकन रहेको छ । भिडियोमा आनन र कुसुमको जोडी धेरै सुहाएको छ । मिडियासँग कुरा गर्दै आनन र कुसुमले दर्शकले दिने प्रतिक्रियाले अगाडि बढ्ने बताए ।

 

 

(भिडियो)

© 2021 Quicknepal.com  |  All Rights Reserved.