काठमाडौं । लागूऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पोखरा महानगरपालिका-१४ रातोडाँडाबाट नियन्त्रित लागूऔषध फेनारागन ४५ एम्पुल, डाइजेपाम ४५ एम्पुल र नुर्फिन ४५ एम्पुल सहित सोही महानगरपालिका-११ रानीपौवा बस्ने मादी गाउँपालिका-३ घर भएका २५ वर्षीय राजेन्द्र परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।