क्यान्सरपीडित साहित्यकार घिमिरेलाई आर्थिक सहयोग

महोत्तरी ।  शिशिर घिमिरे स्मृति प्रतिष्ठानले क्यान्सर रोगसँग लडिरहेका तोया घिमिरेलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमका बीच उनको उपचारका लागि  आर्थिक सहयोग र सम्मान गरेको हो ।

घिमिरे मधेस प्रदेशमा छन्द कवि तथा उपन्यासकारको रुपमा परिचित छन । उनलाई ११ हजार एक सय ११ रुपैयाँ नगद र दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यसैगरी मधेस प्रदेशका साहित्यकारहरूले उपचार खर्चबापत चन्दा उठाएर घिमिरेलाई ५५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

क्यान्सरको कारण थलिएका घिमिरेको क्याम्पसका डोवहरु, फुटकर कविताहरू प्रकाशन भएका छन भने खरानी खण्डकाव्य प्रकाशोन्मुख छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.