मदन भण्डारीले नेतृत्व गरेको विचार र आन्दोलन असाधारण थियो : अध्यक्ष ओली

काठमाडौं । काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीको नेतृत्व, विचार र अघि आन्दोलन असाधारण भएको बताएका छन् । मंगलबार श्वेतशार्दुलनामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सो बताएका हुन् । 

‘छोटो अवधिमा मदनले अघि सारेका विचार, उहाँले गरेको नेतृत्व र आन्दोलन असाधारण थियो । त्यो असाधारण गतिका साथ अघि बढ्यो,’ ओलीले मदन भण्डारीले काँग्रेस नेताहरूलाई कन्भिन्स गरेपछि ०४६ सालमा संयुक्त आन्दोलन गरेर पञ्चायती निर्दलीय व्यवस्था फालिएको बताए । त्यसपछि संविधान, लोकतन्त्र, जनजीविका, राजनीतिक प्रणालीको परिचालन, न्याय र समानताका प्रश्नमा मदन भण्डारीले युगान्तकारी विचार शिलशिलागत ढंगले सम्प्रेषण गर्न मदन सफल भएको ओलीले बताए । ओलीले मदनले अघि सारेको नवीन र समयानुकूल सोचलाई आफ्नो पार्टीले अघि सारेको भन्दै पछिल्लो समय अस्थायी घटनाक्रम देखिएको बताए ।

सो क्रममा ओलीले सरकारले आफ्नो रक्षाका लागि जथाभावी पदक तथा विभूषण वितरण गरेको बताएका छन् । 

‘यति धेरै पदक कहिल्यै पनि वितरण गरेको थिएन । रत्नपार्कमा बसेर वितरण गरेकोजस्तो छ ह्वारह्वार, म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ..ओ हो.. के हुन्थ्यो ? बुद्धिजीवी, नागरिक समाजले के भन्थे,’ ओलीको प्रश्न छ । तर, अहिलेको सरकारले यसरी वितरण गर्दा पनि सब चुपचाप र शान्त रहेको टिप्पणी गरे ।’

मंगलबार पूर्वप्रधानमन्त्रीले नागरिक समाजमाथि गरेको आलोचना एक हदसम्म ठिक छ । सरकारले दलसम्बन्धी अध्यादेश ल्याउँदा र सरकारका कामकारबाहीलाई लिएर जुन नागरिक समाजबाट खबरदारी हुनुपर्‍थ्यो त्यो रुपमा भने हुन सकिरहेको छैन ।

संविधान दिवसको अवसरमा बाँडिएको पदक तथा विभूषण विभिन्न तहबाट अस्वीकार हुँदै आएको छ । अस्वीकार गर्नेहरुमा केही मूलधारका मिडिया मालिक, पत्रकार तथा कूटनितिज्ञ छन्। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.