काठमाडौं । नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ ।
स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न कार्की व्यांक्वेट बबरमहलमा बैठक बसेको हो ।
स्थानीय तह निर्वाचनबारे छलफल, पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार चयन कसरी गर्ने विषयमा छलफल, समसामयिक राजनीति र केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न बैठक बोलाइएको हाे।
पोलिटब्युरोमा ९९ जना छन् । स्थानीय तहको निर्वाचन हुन ५३ दिन बाँकी छ । एमालेले निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न बाँकी छ ।