काठमाडाैं । व्यापार सहजीकरण तथा कार्यालयगत सुधारमा वीरगञ्ज भन्सार कार्यालय अग्रणी देखिएको छ । प्रमुख जिल्ला अधिकारीको रुपमा सिन्धुपाल्चोक वाढी पहिरो विपदको कुशल ब्यवस्थापन गरेका सह-सचिव अरुण पोखरेल कार्यालय प्रमुख भएर आएपछी भन्सार कार्यालयको कार्यसम्पादनमा चुस्तता आएको ब्यापारीहरु बताउँछन् ।
राष्ट्र बैङ्कको प्रतितपत्र सम्बन्धी नयाँ नियम लागु भएपछी राजस्व संकलनमा दवाव देखिएपनि विरगञ्ज भन्सार कार्यालयले चालु आ.व. को फागुन मसान्तसम्म १०३.६ % राजस्व लक्ष्य हासिल गरेको छ । भन्सार बुझाईएको सामानहरुको मुद्धा फर्छयौट हुन वर्षौ लाग्ने परम्परा तोड्दै वीरगञ्ज भन्सार कार्यालयले हालसम्म ८० % भन्दा बढी मुद्धा फर्छयौट भई राजस्व दाखिल गरेकाे अवस्था छ ।
पछिल्लो समयमा भन्सार गस्तिमा वृद्धि भएको र चोरी निकासी नियन्त्रणको लागी स्वयं कार्यालयका प्रमुख गस्तिमा जाने तथा सुराकी परिचालन गरे सँगै लाखौँ मुल्य बराबरका कपडा लगायतका सामाग्रीहरु बरामद भएको छ ।
भन्सार कार्यालयको प्रमुख चुनौतीका रुपमा देखिएको वेरुजु फर्छयौटको लागी कार्यालयले डेडिकेटेड टिम बनाई नयाँ कार्यालय प्रमुख आएपछी ८८४ फर्महरुलाई कारवाहीको दायरामा ल्याई करीव ९४ करोड बराबरको रकम सम्परीक्षणको लागी म.ले.प.मा पठाएको छ ।