कठमाडौं । नजिकबाट हिमाल हेर्नका लागि सञ्चालन गरिएको माउन्टेन फ्लाइ पुन सञ्चालन भएको छ । कोभिड महामारीका कारण वायुसेवा निगमहरुले माउन्ट्न फ्लाइट बन्द गरेका थिए ।
बुद्ध एयरले जारी गरेको सूचना अनुसार कम्पनीले प्रत्येक शनिवार माउन्टेन फ्लाइट गर्नेछ । यसका लागि कम्पनिले ठूलो जहाज (एटीआर) को प्रयोग गर्नेछ ।
माउन्टेन फ्लाइटको समयअवधि भने एक घण्टाको रहनेछ । यो समय अवधिभित्र सगरमाथा लगाएत दुई दर्जनभन्दा बढी हिमचुचुरोको अवलोकन गर्न सकिनेछ । एक घण्टा हिमाल सवारका लागि बुद्ध एयरले नौ हजार ९९९ रुपैयाँमा दुई जनाले यात्रा गर्न पाउने गरि टिकट कायम गरेको छ ।
यति एयरलाइनले भने प्रत्येक शनिबार र आइतबार माउन्टेन फ्लाइट गर्ने भएको छ । यतिले भने दुइ जनाको लागि आठ हजार ८४८ रुपैयाँ टिकट मूल्य तोकेको छ ।