... हुँदा देउवा सकसमा

काठमाडौं । प्रधानमन्त्री देउवा नेतृत्को सरकार गठन भएको ७० दिन पूरा भएको छ । सरकार बनेको लामो समय भए पनि मन्त्रिपरिषद विस्तार कहिले हुने भन्ने यकिन छैन ।

समयमा मन्त्रिमण्डल विस्तार गर्न नसक्दा देउवा आफ्नै पार्टीबाट चर्को आलोचना सामना गर्न बाध्य मात्रै छैनन् पार्टीभित्र घेराबन्दीमा  परेका छन् । यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष उपेन्द्र यादवले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको स्विकार गरेका छन् । उनले घुमाउरो तरिकाले भन्छन्,‘मन्त्रिपरिषद विस्तार नहुनुमा मुख्य दोषी देउवाको पनि उत्तिकै दोष छ ।’

त्यस्तै, कांग्रेस नेता गगन थापा देउवाले समयमा मन्त्रिमण्डल विस्तार गर्न नसकेको बताउँदै जनतामा निराशा पैदा हुन थालेको बताउँछन् । उनी भन्छन्, ‘कांग्रेस कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था अब नहुने भयो । सरकारकै कारण कांग्रेस खुम्चिनुपर्ने अवस्थामा पुग्ने अवस्था सिर्जना हुँदै गइरहेको छ ।’

यतिखेर गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने काममा देउवा अघि बढ्न खोजेको पार्टीको आरोप छ । यतिखेर कांग्रेसका नेताहरुलाई मेरा सरकार भनेर कामको रक्षा गर्न सक्ने अवस्थाबाट बनाउनमा देउवा चुक्दै गएका छन् । अहिलेको सरकारको सफलता र असफलतासँग कांग्रेसको चुनावी भविष्यसमेत जोडिएको छ । वर्तमान गठबन्धन सरकारको सफलतासँग कांग्रेसको सफलता जोडिने भएकाले देउवाले अब मन्त्रिमण्डल विस्तारमा ढिलाइ गर्नुहुँदैन ।

माधव नेपाललाई पनि समेटेर मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेका देउवालाई सर्वोच्च अदालतले पनि धोका दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा दायर रिट निवेदनका सम्बन्धमा अदालतको आदेश आएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा सत्ता गठबन्धन थिए ।

तर, मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेशबारे कुनै निर्णय सुनाएन । बरु, ओलीको रिटमाथि सुनुवाइ गर्दै निर्वाचन आयोगबाट ‘सक्कल फाइल झिकाउन आदेश दिएको छ । जसका कारण देउवा सकसमा परेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.