तौजिहुस्सर्फ नामक ईस्लामिक पुस्तकको विमोचन

सप्तरी ।  मौलाना तौहिद आलम काश्मीद्वारा लिखित ईस्लामिक तौजिहुस्सर्फ नामक पुस्तककाे विमोचन भएको छ।

बोदे बर्साइन नगरपालिका वडा नम्बर ५ जाँजर स्थित अल-जामियतुल इस्लामीया मदरसामा हिजो मंगलबार आयोजित एक कार्यक्रममा सो पुस्तक विमोचन भएको मोहम्मद लुकमान राइनले बताएका छ्न्।

अरबी भाषा शुद्ध संग पढ्न,लेख्न र बोल्ने उदेश्यले नेपाली भाषामा अरबी व्याकरण सरल तरिकाले सिकाउने उदेश्यले उक्त पुस्तक लेखिएको हो । यस पुस्तकले नेपाली मुस्लिम विद्यार्थीलाई अरबी सिक्नको लागि सहज हुने लेखकले बताएका छ्न्।

विमोचन कार्यक्रम जनता समाजवादी पार्टी नेपालका केन्द्रिय कार्यकारिणी सदस्य तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंहको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा राष्ट्रसभा सदस्य खालिद सिद्विकी,बोदे बर्साइन नगर प्रमुख आतेश सिंह,खडक नगर प्रमुख हिमायु हक र बलान बिहुल गाउँपालिका प्रमुख दयानन्द गोइत लगायतको उपस्थिति रहेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.