ललितपुरको सातदोबाटो–हरिसिद्धी सडक आज पनि अवरुद्ध 

लतिलपुर ।  ललितपुरको हरिसिद्धीमा स्थानियको अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ । 

सातदोबाटोबाट हरिसिद्धी हुँदै गोदावरी जाने सवारी साधनलाई क्यानसर अस्पताल र सानागाउँबाट साथै गोदावरीबाट आउने सवारी साधनलाई ठैब, सानागाउँ, ईमाडोल, ग्वार्को हुँदै आउने व्यवस्था मिलाइएको छ । 

समयमा बाटो मर्मत नभएको भन्दै स्थानयीयले केही दिनयता बाटो अवरुद्ध गर्दै आएका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.