आईपीएलमा राजस्थानको नाटकीय जित

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा मंगलबार राजस्थान रोयलले पन्जाब किंग्सविरुद्ध २ रनको रोमान्चक जित हासिल गरेको छ । कार्तिक त्यागीले अन्तिम ओभरमा ४ रन डिफण्ड गरेपछि राजस्थानले नाटकीय जित निकालेका थिए ।

दुबईमा राजस्थानले दिएको १८६ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १८३ रन मात्र बनाउन सके । अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक परेको थियो । तर कार्तिक त्यागीले अन्तिम ओभरमा १ रन मात्र खर्चेर २ विकेट लिएपछि राजस्थान शनसनी जित हात पारेको हो ।

पन्जाबका लागि मायांक अग्रवालले ६७ रन बनाए भने कप्तान केएल राहुलले ४९ रन जोडे । यस्तै निकोलस पुरनले ३२ रन बनाए । अइडन मार्क्रमले अविजित २६ रन बनाए । राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा सबै विकेट गुमाएर १८५ रन बनाएको थियो । राजस्थानका ओपनर यजश्वी जैसवालले सर्वाधिक ४९ रन बनाए । यस्तै महिपाल लोम्रोरले ४३, इभिन लेविसले ३६ र लियाम लिभिङस्टोनले २५ रन जोडे ।

पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए भने मोहम्मद शामीले तीन विकेट लिए । चौथो जितपछि ८ खेलबाट ८ अंक जोडेको राजस्थान पाँचौं स्थानमा उक्लेको छ । ९ खेल खेलिसकको पञ्जाव ६ अंकसहित सातौं स्थानमै यथावत छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.