काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) पार्टीको महाधिवेशन आगामी फागुनमा नवौं महाधिवेशन गर्ने भएको छ । तनहुँको बन्दीपुरमा बसेको सो समूहको केन्द्रीय समितिको ११ औं बैठकले जनयुद्ध दिवसको अवसर नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो ।
अहिलेको शासन प्रणाली असफल भएको निष्कर्षमा पुगेको विप्लव समूहले सबै देशभक्त, प्रगतिशील र कम्युनिस्ट शक्तिहरूलाई मोर्चाबद्ध तथा एकताबद्ध गर्दै जनमतसंग्रहका लागि अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । साथै, अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी सबै शक्तिसँग सहकार्य गर्ने जनाएको छ ।