काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता हुने भएका छन् ।
निर्वाचन आयोगका अनुसार वैशाख ३० को निर्वाचनका लागि आज बसेको आयोगको बैठकले १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता निर्वाचनमा सहभागी हुन पाउने टुङ्गो लगाएको हो ।
जसमध्य ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाताको रहेका छन् । त्यस्तै अन्यमा १८३ जना मतदाता छन् ।
