एमाले अध्यक्ष ओली आज कपिलवस्तु जाँदै

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीका अनुसार प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्तासहित विभिन्न पार्टीका नेता, कार्यकर्तालाई पार्टीमा स्वागत गर्न ओली आज कपिलवस्तु जान लागेका हुन्  ।

एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावीसभाको आयोजना गरी अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने योजना बनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.