पीएनजीविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत प्रतिस्पर्धामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पीएनजीविरुद्ध ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले बलिङ रोजेको हो ।

नेपालले केही बेरमा पीएनजीविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।


नेपाल पीएनजीसँग पहिलो खेलमा ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा छ ।

नेपाली टोलीः

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, अबिनास बोहोरा, लोकेश बम, कुशल मल्ल, रोहित कुमार पौड्यल । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.