विवेकशील साझा पार्टी कार्यालयमा तनाव

काठमाडौं । विवकेशील साझा पार्टीभित्र संस्थापन पक्ष र असन्तुष्ट समूहबीच स्थिति सिर्जना भएको  छ । आज पार्टी कार्यालयमा दुवै पक्षले समानान्तर गतिविधि गरेपछि तनाव उत्पन्न भयो ।

असन्तुष्ट पक्षले सोमबार बैठक गरेर अध्यक्ष मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

त्यही समयमा असन्तुष्ट पक्षले पनि छुट्टै पत्रकार सम्मेलन गरेपछि संस्थापन पक्षले हस्तक्षेप गर्‍यो । विवाद बढेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.