भीरबाट लडेर आमा छोरीको मृत्यु

रोल्पा । रोल्पामा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ । बाँदर लखेटेर घर फर्किने क्रममा भीरबाट लडेर आमा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पा नगरपालिका ९ हाङबाङ बस्ने २५ वर्षीया संगीता पुन र उनकी छोरी २ वर्षीया छोरी कृतिका पुन रहेका छन् । घरबाटदेखि करिब १ सय ५० मिटरको दूरीमा रहेको मकै बारीमा बाँदर लखेट्न गएका आमाछोरीको घर फर्किने क्रममा मृत्यु लडेर मृत्यु भएको हो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.